सबैलाई पठाउनु होला

राजविराज –     कम्मरमा चार किलो चाँदीका गहना बाँधी लुकाइ ल्याइरहेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका हुन  ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–९ ईटाभट्टास्थित नेपाल–भारत सीमा क्षेत्रबाट भारत मधुबनी जिल्ला खुटौना ग्राम पञ्चायत–११ कामत टोलका २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेका सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ का सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकाका अनुसार पैदल गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा २८ जोर पाउजु बरामद भएको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्वर्णपट्टीबाट खटिएको पैदल गस्ती टोलीले चौधरीलाई पक्राउ गरेको थियो  । चौधरीबाट बरामद चार किलो तौल रहेको चाँदी गहनाको मूल्य ४ लाख ३८ हजार ९५७ रुपियाँ रहेको बताइएको छ।

बरामद अवैध गहना र पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले तिलाठीको बेल्हीस्थित राजविराज भन्सार कार्यालय सप्तरीमा बुझाएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com