काठमाडौं- ईशा फाउण्डेशन र साइकल सिटी नेटवर्क नेपालले साइकल र्यालीको आयोजना गरेको छ।
ईशा फाउण्डेशन संस्थापक सद्गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔं नामक विश्वव्यापी अभियानलाई जागरूक धरती नेपालको समन्वयमा साइकल सिटी नेटवर्क नेपालले साइकल र्याली गरेको हो।
सेन्ट जेभियर्स स्कुल परिसरबाट सुरु भएको साइकल र्यालीको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले उद्घाटन गरे ।
शनिबार बिहान ७ बजे सेन्ट जेभियर्स स्कुल परिसरबाट सुरु भएको साइकल र्याली थापाथली, त्रिपुरेश्वर, जमल, दरबारमार्ग, कमलपोखरी, रातोपूल पशुपतिनाथ परिसरमा विशेष कार्यक्रम गरी समापन भएको थियो ।
कार्यक्रममा मन्त्री यादवले विश्वव्यापी माटो जोगाऔँ अभियानले वातावरण संरक्षणका लागि माटोको महत्त्वलाई समेत उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन । कार्यक्रमका अध्यक्ष निरु रायमाझीले माटो जोगाऔँ अभियानलाई प्रवर्द्धन गर्न अनुरोध गरेका हुन ।

