सबैलाई पठाउनु होला

काठमाडौं –    तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ। च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने नेपाल तेक्वान्दो संघले जनाएको हो ।

जी–२ र्‍याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवं सिनियरमा आठ महिला र आठ पुरुगा गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुने नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले जानकारी दिएक छन् ।

नेपाल तेक्वान्दो संघको आयोजना र गण्डकी प्रदेश तेक्वान्दो संघको सहआयोजनामा हुने च्याम्पियनसिपमा विभिन्न देशका एक हजार पाँच सय खेलाडीको सहभागिता रहने छन् ।

च्याम्पियनसिपका लागि एक सयभन्दा वढी विदेशी निर्णायकसमेत नेपाल आउने छन्। च्याम्पियनसिपका लागि विश्वका दुई सय १६ वटै राष्ट्रमा निमन्त्रणा पठाइसकेकाले खेलाडीको संख्या बढ्न सक्ने केन्द्रीय सदस्य लामाले बताएका हुन । उनका अनुसार च्याम्पियनसिप सञ्चालनका लागि दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ।

वल्र्ड तेक्वान्दो फेडरेसनको वार्षिक क्यालेन्डरमा समावेश च्याम्पियनसिप सन् २०१९ मा आयोजना गर्नुपर्ने थियो। कोरोना महामारीका कारण त्यतिबेला सम्भव नभएपछि यस वर्ष आयोजना गर्न लागिएको हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com