सबैलाई पठाउनु होला

काठमाडौं –    नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट सोनिका रोकाया र दिलीप ओखेडाको जोडी बाहिरिएको छ ।

दर्शकको मत र जुरीको निर्णयको आधारमा उनीहरु बाहिरिएका हुन् । आगामी सातादेखि सुरु हुने सेमिफाइनलमा पाँच जोडी प्रवेश गरेका थिए  ।

परमिता राणा, धीरज राई, प्रीति आले, अमर–अमृत र छिरिङको डान्सिङ जोडी टप फाइभमा प्रवेश गरेका छन्  । आगामी शुक्रबारदेखि सेमिफाइनल सुरु हुने र शनिबार थप एक जोडी बाहिरिने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका हुन   ।

असार ११ गते शोको फिनाले हुनेछ । फिनालेमा दर्शकको मतको आधारमा विजेता चुनिनेछन् । डान्सिङ स्टार्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com