सबैलाई पठाउनु होला

काठमाडौं –     काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गरेपछि बञ्चरडाँडाका स्थानीयमाथि प्रहरीले बल प्रयोग गरे  ।

प्रहरीले फोहोर व्यवस्थापनमा अवरोध सृजना गरेको भन्दै १४ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ  । फोहोर व्यवस्थापन गर्न नदिने भन्दै बिहानैदेखि  स्थानीय धर्नामा बसेका थिए।

प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रले १४ जनालाई ‘होल्ड’ गरिएको  जानकारी दिएका छन् । उनले भने, ‘फोहोर व्यवस्थापन भइरहेको छ । अवरोध सृजना गर्ने १४ जनालाई होल्ड गरेका छौं ।’

मंगलबार काठमाडौं महानगरका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा सहयोग गर्न नगरबासीसँग आग्रह गरेका थिए। उनले अबदेखि कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याइ दिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com