सबैलाई पठाउनु होला

काठमाडौं, २४ जेठ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्। पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको बताएका हुन्।

उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरुलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन्। मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाएका छन्।

‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो। मैले त्यही बेला भनेको थिएँ। हामीले त आठ महिना मन्त्रीमा रहेर काम गर्न पायौँ। दुई महिना त ग्रेसपार्क पाइसक्यौं। अरु साथीहरुलाई मौका दिने तपाईको इच्छा छ भने दिनुहोस्, म खुशी छु भनेर मैले सहमति पनि दिएको हो। तर हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरु-चिप्ले किराहरु आलेले धेरै चलखेल गर्‍यो भनेर इन्टरभ्यू दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन,’ उनले भने।

उनले बतास समूहले धर्मशाला कब्जा गर्न गरेको प्रयास अदालतले असफल बनाइदिएको समेत बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com