सबैलाई पठाउनु होला

सुनसरी –   अवैध रुपमा नेपाल भित्राइएको भारतमा निर्मित कोकाकोला सुनसरी भन्सार कार्यालयले बरामद गरे ।

लौकही नाका हुँदै अवैध रुपमा चोरी पैठारी भैरहेको भन्ने सूचनाका आधारमा गएको भन्सार गस्ती टोलीले को १ ख १७९३ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा भोक्राहा–नरसिंह गाउँपालिका वडा नं ०६ स्थित इसराइल कामत भन्ने स्थानबाट कोकाकोला नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान नियन्त्रणमा लिइएको उक्त कोकाकोलाको बजार मूल्य करिब एक लाख रुपैयाँ रहेको सुनसरी भन्सार कार्यालयले जनाए । नियन्त्रणमा लिइएको ढुवानीको साधन र मालवस्तु सम्बन्धमुद्दा दर्ता गरी कारबाही शुरु भएको भन्सार कार्यालयले जानकारी दिएको  छ ।

यसअघि २०७८ वैशाख २१ गते पनि सोही स्थान आसपासबाट करिब ९ लाख मूल्य बराबरको कपडासहित को २ च २७८० नम्वरको पिकअप भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

जिल्लाको लौकही, उल्टी र घुस्की नाकाबाट कपडा, चिनी, पानीपुरी, रजनीगन्धा, खैनी चोरी पैठारी हुने गरेको स्थानीयहरु  बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com