– अर्जुन घिमिरे (पाँडे)
मेरो पुर्खौली घर नुवाकोटको ककनी हो । बालाजुबाट १७ किलोमिटर दुरीमा पर्छ, पुर्ख्याैँली घर । बुवा, दाजु–भाउजू उतै बस्नुहुन्छ । म परिवारसहित काठमाडौंमा बस्छु । शहरमा मेरो घर छैन, भाडामा बस्छु । काठमाडौं हाम्रो पहिल्यैदेखि ‘लोकल मार्केट’ हो । सानैदेखि काठमाडौं आउ–जाउ हुने गर्थ्यो, त्यो श्रृङ्खला अहिले पनि जारी नै छ ।
मलाई भाडाको घरमा बसेजस्तो फिल छैन । हुन त भाडाको बसाईं कस्तो हुने भन्ने कुरा घरबेटीको स्वभावमा पनि भर पर्छ । कतिपय घरबेटीको स्वभाव छतमा जान नदिने, पानी नदिने, खाली किचकिच गरिरहने, पाहुना आए पनि कन्जुस्याई गर्ने हुन्छ । त्यो खालको घरबेटी भए मलाई पनि गाह्रो हुन्थ्यो होला । तर, मेरो घरबेटी त्यो क्याटोगोरीमा पर्नुहुन्न ।
शहरमा आफ्नै एउटा घर होस् भन्ने चाहना कसलाई हुँदैन र । तर, सबैको इच्छा, चाहाना, रहरले मूर्त रुप लिन्छ नै भन्ने छैन ।
मेरो पनि शहरमा एउटा घर होस् भन्ने चाहना छ । कुनै दिन त्यो पनि पुरा होला । म काठमाडौंमा खाल्डोभित्र होइन, अलि डाँडा पाखातिर रमणिय वातावरण भएको ठाउँमा घर बनाएर बस्ने रहर छ । काठमाडौं भ्यालीको कृषियोग्य भूमिमा किन एउटा घर थप्नु र !
आफ्नो घर भयो भने एउटै घरमा बसिरहनुपर्छ । तर, भाडामा बस्यो भने अरुले नै फ्ल्याट-रुम बनाइदिएका हुन्छन् । आफुले रोजीरोजी घर भाडामा लिएर बस्न पाइन्छ । आफुले घर बनाउँदा धेरै कम्प्रमाइज गर्नुपर्ने हुँदा चिटिक्कको घर नबन्न पनि सक्छ ।
खेतीयोग्य भूमिमा घर नबनाउँ
अहिले गाउँबाट वैदेशिक रोजगारीमा जाने, त्यहाँबाट पैसा कमाएर फर्किएपछि शहरी क्षेत्रमा घर बनाएर बस्ने ट्रेण्ड नै छ । म यो कुराको विपक्षमा रहेको छु । किन विदेशमा दुःख गरेर कमाएको सबै पैसा घरमा लगानी गर्ने ? त्यो पैसाले अर्को पैसा तान्ने ठाउँमा लगानी गर्दा बुद्धिमानी हुन्छ ।
विदेशतिर जमिनको बर्गिकरण गरिएको हुन्छ । घर बनाउने ठाउँ र कृषि गर्ने ठाउँ छुट्टाछुट्टै हुन्छ । तर, नेपालमा जहाँ बढी उब्जनी हुन्छ, त्यहाँ बढी घर बनिरहेका छन् । त्यो गलत छ । राज्यले उब्जनी हुने र नहुने ठाउँ छुट्याउनु पर्छ । उब्जनी नहुने ठाउँमा व्यवस्थित वस्ती विकास गर्ने हो ।
म व्यक्तिगत रुपमै आग्रह पनि गर्छु, उब्जनी हुने ठाउँमा घर नबनाउनुहोस् । यसो भन्दा भन्दै उब्जनी हुने सबै ठाउँ घरले भरिइसकेको छ । काठमाडौं उपत्यकामा त अब खाली ठाउँ भेट्न कुनाकाप्चातिर लाग्नुपर्छ । सबैले घर बनाउँदा भूकम्प प्रतिरोधी घर बनाउनुहोस् । सानो लगानीमा पनि राम्रो चिटिक्कको घर बनाउन सकिन्छ ।
– अर्जुन घिमिरे (पाँडे)
मेरो पुर्खौली घर नुवाकोटको ककनी हो । बालाजुबाट १७ किलोमिटर दुरीमा पर्छ, पुर्ख्याैँली घर । बुवा, दाजु–भाउजू उतै बस्नुहुन्छ । म परिवारसहित काठमाडौंमा बस्छु । शहरमा मेरो घर छैन, भाडामा बस्छु ।
काठमाडौं हाम्रो पहिल्यैदेखि ‘लोकल मार्केट’ हो । सानैदेखि काठमाडौं आउ–जाउ हुने गर्थ्यो, त्यो श्रृङ्खला अहिले पनि जारी छ ।
मलाई भाडाको घरमा बसेजस्तो फिल छैन । हुन त भाडाको बसाईं कस्तो हुने भन्ने कुरा घरबेटीको स्वभावमा पनि भर पर्छ । कतिपय घरबेटीको स्वभाव छतमा जान नदिने, पानी नदिने, खाली किचकिच गरिरहने, पाहुना आए पनि कन्जुस्याई गर्ने हुन्छ । त्यो खालको घरबेटी भए मलाई पनि गाह्रो हुन्थ्यो होला । तर, मेरो घरबेटी त्यो क्याटोगोरीमा पर्नुहुन्न ।
शहरमा आफ्नै एउटा घर होस् भन्ने चाहना कसलाई हुँदैन र । तर, सबैको इच्छा, चाहाना, रहरले मूर्त रुप लिन्छ नै भन्ने छैन ।
मेरो पनि शहरमा एउटा घर होस् भन्ने चाहना छ । कुनै दिन त्यो पनि पुरा होला । म काठमाडौंमा खाल्डोभित्र होइन, अलि डाँडा पाखातिर रमणिय वातावरण भएको ठाउँमा घर बनाएर बस्ने रहर छ । काठमाडौं भ्यालीको कृषियोग्य भूमिमा किन एउटा घर थप्नु र !
आफ्नो घर भयो भने एउटै घरमा बसिरहनुपर्छ । तर, भाडामा बस्यो भने अरुले नै फ्ल्याट-रुम बनाइदिएका हुन्छन् । आफुले रोजीरोजी घर भाडामा लिएर बस्न पाइन्छ । आफुले घर बनाउँदा धेरै कम्प्रमाइज गर्नुपर्ने हुँदा चिटिक्कको घर नबन्न पनि सक्छ ।
खेतीयोग्य भूमिमा घर नबनाउँ
अहिले गाउँबाट वैदेशिक रोजगारीमा जाने, त्यहाँबाट पैसा कमाएर फर्किएपछि शहरी क्षेत्रमा घर बनाएर बस्ने ट्रेण्ड नै छ । म यो कुराको विपक्षमा छु । किन विदेशमा दुःख गरेर कमाएको सबै पैसा घरमा लगानी गर्ने ? त्यो पैसाले अर्को पैसा तान्ने ठाउँमा लगानी गर्दा बुद्धिमानी हुन्छ ।
विदेशतिर जमिनको बर्गिकरण गरिएको हुन्छ । घर बनाउने ठाउँ र कृषि गर्ने ठाउँ छुट्टाछुट्टै हुन्छ । तर, नेपालमा जहाँ बढी उब्जनी हुन्छ, त्यहाँ बढी घर बनिरहेका छन् । त्यो गलत हो ।
राज्यले उब्जनी हुने र नहुने ठाउँ छुट्याउनु पर्छ । उब्जनी नहुने ठाउँमा व्यवस्थित वस्ती विकास गर्ने हो । म व्यक्तिगत रुपमै आग्रह पनि गर्छु, उब्जनी हुने ठाउँमा घर नबनाउनुहोस् । यसो भन्दा भन्दै उब्जनी हुने सबै ठाउँ घरले भरिइसकेको छ । काठमाडौं उपत्यकामा त अब खाली ठाउँ भेट्न कुनाकाप्चातिर लाग्नुपर्छ । सबैले घर बनाउँदा भूकम्प प्रतिरोधी घर बनाउनुहोस् । सानो लगानीमा पनि राम्रो चिटिक्कको घर बनाउन सकिन्छ ।
घरमा लगानी गर्नु पैसा फ्रिज गर्नु
घरमा लगानी गर्नु भनेको पैसा फ्रिज गर्नु हो । घरमा लगानी गरिने डेढ-दुई करोड रुपैयाँ अन्यत्र लगानी गरियो भने उत्पादन दिन्छ । आम्दानी हुन थाल्छ । घरमा गरिएको लगानी बिल्कुल अनुत्पादक हो । त्यो पैसा उद्यमशील बन्न लगानी गर्नुहोस् । घरमा लगानी गर्नु भन्दा जग्गामा लगानी गर्यो भने पनि प्रतिफल राम्रो पाइएला । शेयरमा पनि लगानी गर्न सकिन्छ । किन घरमा पैसा फ्रिज गरेर राख्ने ?
मैले त यस्ता मान्छे पनि भेटेको छु, जसको जसको शहरमा दुई–तीन घर छन्, तर उनीहरु पनि आफ्नो घर भाडामा लगाएर आफु पनि भाडामा बस्ने गर्छन् ।
घर बनाउँदा ठूलो लगानी नगर्नुहोस् । नेपाली मौलिक शैलीको घाम–पानी छेक्ने, चोर पस्न नसक्ने, भूकम्पले नभत्किने घर बनाउँदा हुन्छ । किन जीवनभर मरिमेटेर कमाएको सबै पैसा घरमा लगानी गरेर फ्रिज गर्ने ?
भूकम्पपछि नेपाली मौलिक डिजाइनका घरहरु देखिन छाडे । मौलिक र कलात्मक घरहरु मासिँदै गए । गाउँतिर पनि भूकम्पपछि पक्की घर बन्न थाले । हाम्रो कला संस्कृति मास्नु हुँदैन । हाम्रा बाउ–बाजेको अस्तित्व मेटिन दिनु हुँदैन । सबैले मौलिक डिजाइनको घर बनाए राम्रो हुने थियो । तर, म एउटाले सोँचेर मात्र भएन ।
मैले घर बनाएको छैन । घर बनाएँ भने मौलिक नेपाली डिजाइनको बनाउने छु । पुर्ख्याैँली परम्परा झल्किने घर बनाउँछु । पुर्ख्याैँली घरहरु बार्दली भएको, पर्खाल लगाएको, कलात्मक झ्याल ढोका भएको घर बनाउने अठोट छ । ढलान घरमा पनि ट्रेडिसनल शैली मिक्स गर्न सकिन्छ । त्यस्ता घरले पुर्खाको आदर पनि गर्छ, कला संस्कृति पनि जगेर्ना हुन्छ ।
हामीले मौलिक घरमा पर्यटक आकर्षित गर्न सकिन्छ । नेपाली ट्रेडिसनल शैलीका घरहरु विदेशीले अत्यन्तै मन पराउँछन् । मौलिक शैलीका घरले पर्यटन विकास गर्न सकिन्छ । ती घरमा होमस्टे पनि चलाउन सकिन्छ । सिंगो गाउँ र शहर नै सुन्दर देखिन्छ ।
सरकारले पनि घरको छाना यस्तो हुनुपर्ने, यति उचाईको हुनुपर्ने, झ्याल ढोका मौलिक हुनुपर्ने, छानो यस्तो हुनुपर्ने भनेर मापदण्ड बनाइदिए सबैले बनाउँथे होलान ।
जस्तो उदाहरणका लागि छिमेकी मुलुक भुटानकै कुरा गरौं, त्यहाँ शहरदेखि गाउँसम्म पुग्दा सबै घरहरु एउटै डिजाइनको देख्न सकिन्छ । त्यहाँको सरकारले घरको डिजाइन बनाइदिएको छ, सबैले घर बनाउँदा त्यही डिजाइन पछ्याइरहेका छन् । त्यहाँ तीनै घरहरु पर्यटक आकर्षित गर्ने माध्यम पनि बनेको सुनिन्छ ।
नेपाली मौलिक शैलीका घरहरु हेल्दी पनि हुन्छन् । बलिया पनि । माटोबाट बनाइएका पुराना घरमा चिसो लाग्दैन । तर, ढलान घरमा चिसो लाग्छ । तपाईले कहिल्यै सुन्नुभएको छ, पुरानो घरमा ट्वाइलेट बाथरुममा लडेर मान्छे मरेको ? तर, अहिलेका आधुनिक घरको ट्वाइलेट बाथरुममा मान्छे लडेर मरेको धेरै सुनिन्छ ।
घर सबैलाई चाहिन्छ । कस्तो घरमा चित्त बुझाउने भन्ने कुरा हो । मेरो सुझाव, नेपाली कल्चर झल्किने, सकभर एउटै डिजाइन र साइजको घर बनाउन सरकारले मापदण्ड तोकिदिनु अत्यन्तै जरुरी छ ।
व्यापारिक र रेसिडेन्सियल क्षेत्र फरक हुनुपर्छ
नेपालमा शहरी क्षेत्र निकै अस्तव्यस्त छ । एकै ठाउँ घर, स्कुल, हस्पिटल, पसल, उद्योग सबै छन् । यो पनि गलत हो है । व्यापारिक क्षेत्र र रेसिडेन्सियल क्षेत्र छुट्टाछुट्टै हुनुपर्छ ।स्कुल र हस्पिटल क्षेत्र पनि फरक फरक हुनुपर्छ । काठमाडौं उपत्यकामा ठूलो घर देख्ने वित्तिकै स्कुल वा हस्पिटल खोल्न हतार हुन्छ ।
कल्पना गर्नुहोस्, यदि सबै कुरा फरक–फरक ठाउँमा भए शहर पनि कति राम्रो र व्यवस्थित हुने थियो । अहिले पनि गाडी किन्ने भन्ने वित्तिकै तपाई हाम्रो दिमागमा टेकु, त्रिपुरेश्वर, थापाथली र नक्साल आइहाल्छ । त्यस्तै, अरु क्षेत्रहरु पनि स्पेशल जोनका रुपमा छुट्याइनुपर्छ ।
शहर आकर्षक हुनुपर्छ । बिजुलीका तार झुन्डिनु भएन । रोडमा खाल्डा हुनु भएन । हामी घरमा ठूलो रकम खर्च गर्छौं, घर पनि चिटिक्कको बनाउछौं । तर, घरमा पालेको कुकुरलाई दिसा गराउन रोडमा लैजान्छौं । घर चिटिक्क खोज्नेले आफ्नो रोड र टोल पनि सफा हुनुपर्छ भन्ने सोँच्नुपर्यो नि ।
घरमात्र राम्रो भएर पुग्दैन, त्यो घरमा बस्ने मान्छेको मानसिकता पनि राम्रो हुनुपर्छ ।
घरमा लगानी गर्नु भनेको पैसा फ्रिज गर्नु हो । घरमा लगानी गरिने डेढ-दुई करोड रुपैयाँ अन्यत्र लगानी गरियो भने उत्पादन दिन्छ । आम्दानी हुन थाल्छ । घरमा गरिएको लगानी बिल्कुल अनुत्पादक हो । त्यो पैसा उद्यमशील बन्न लगानी गर्नुहोस् । घरमा लगानी गर्नु भन्दा जग्गामा लगानी गर्यो भने पनि प्रतिफल राम्रो पाइएला । शेयरमा पनि लगानी गर्न सकिन्छ । किन घरमा पैसा फ्रिज गरेर राख्ने ?
मैले त यस्ता मान्छे पनि भेटेको छु, जसको जसको शहरमा दुई–तीन घर छन्, तर उनीहरु पनि आफ्नो घर भाडामा लगाएर आफु पनि भाडामा बस्ने गर्छन् ।
घर बनाउँदा ठूलो लगानी नगर्नुहोस् । नेपाली मौलिक शैलीको घाम–पानी छेक्ने, चोर पस्न नसक्ने, भूकम्पले नभत्किने घर बनाउँदा हुन्छ । किन जीवनभर मरिमेटेर कमाएको सबै पैसा घरमा लगानी गरेर फ्रिज गर्ने ?
भूकम्पपछि नेपाली मौलिक डिजाइनका घरहरु देखिन छाडेको छ । मौलिक र कलात्मक घरहरु मासिँदै गएका छन् । गाउँतिर पनि भूकम्पपछि पक्की घर बन्न थालेको छ । हाम्रो कला संस्कृति मास्नु हुँदैन । हाम्रा बाउ–बाजेको अस्तित्व मेटिन दिनु हुँदैन । सबैले मौलिक डिजाइनको घर बनाए राम्रो हुने थियो । तर, म एउटाले सोँचेर मात्र भएन ।
मैले घर बनाएको छैन । घर बनाएँ भने मौलिक नेपाली डिजाइनको बनाउने छु । पुर्ख्याैँली परम्परा झल्किने घर बनाउँछु । पुर्ख्याैँली घरहरु बार्दली भएको, पर्खाल लगाएको, कलात्मक झ्याल ढोका भएको घर बनाउने अठोट छ । ढलान घरमा पनि ट्रेडिसनल शैली मिक्स गर्न सकिन्छ । त्यस्ता घरले पुर्खाको आदर पनि गर्छ, कला संस्कृति पनि जगेर्ना हुन्छ ।
हामीले मौलिक घरमा पर्यटक आकर्षित गर्न सकिन्छ । नेपाली ट्रेडिसनल शैलीका घरहरु विदेशीले अत्यन्तै मन पराउँछन् । मौलिक शैलीका घरले पर्यटन विकास गर्न सकिन्छ । ती घरमा होमस्टे पनि चलाउन सकिन्छ । सिंगो गाउँ र शहर नै सुन्दर देखिन्छ ।
व्यापारिक र रेसिडेन्सियल क्षेत्र फरक हुनुपर्छ
नेपालमा शहरी क्षेत्र निकै अस्तव्यस्त छ । एकै ठाउँ घर, स्कुल, हस्पिटल, पसल, उद्योग सबै छन् । यो पनि गलत हो है । व्यापारिक क्षेत्र र रेसिडेन्सियल क्षेत्र छुट्टाछुट्टै हुनुपर्छ ।स्कुल र हस्पिटल क्षेत्र पनि फरक फरक हुनुपर्छ । काठमाडौं उपत्यकामा ठूलो घर देख्ने वित्तिकै स्कुल वा हस्पिटल खोल्न हतार हुन्छ ।
कल्पना गर्नुहोस्, यदि सबै कुरा फरक–फरक ठाउँमा भए शहर पनि कति राम्रो र व्यवस्थित हुने थियो । अहिले पनि गाडी किन्ने भन्ने वित्तिकै तपाई हाम्रो दिमागमा टेकु, त्रिपुरेश्वर, थापाथली र नक्साल आइहाल्छ । त्यस्तै, अरु क्षेत्रहरु पनि स्पेशल जोनका रुपमा छुट्याइनुपर्छ ।
शहर आकर्षक हुनुपर्छ । बिजुलीका तार झुन्डिनु भएन । रोडमा खाल्डा हुनु भएन । हामी घरमा ठूलो रकम खर्च गर्छौं, घर पनि चिटिक्कको बनाउछौं । तर, घरमा पालेको कुकुरलाई दिसा गराउन रोडमा लैजान्छौं । घर चिटिक्क खोज्नेले आफ्नो रोड र टोल पनि सफा हुनुपर्छ भन्ने सोँच्नुपर्यो नि । घरमात्र राम्रो भएर पुग्दैन, त्यो घरमा बस्ने मान्छेको मानसिकता पनि राम्रो हुनुपर्छ ।