सबैलाई पठाउनु होला

काठ्माण्डौं, २८ जेठ – काठ्माण्डौं उपत्यका र छेउछाउका क्षेत्रमा जेठ २८ गते शनिवार बिहान २:३६ बजे भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्निट्यूड ४.६ मापन गरिएको उक्त भूकम्पको केन्द्रबिन्दु भक्तपुर जिल्लाको चाँगुनारायण क्षेत्रआसपास थियो।

मानिसहरूले सामाजिक सञ्जालमा आफूहरू गहिरो निद्रामा भएकै बेला भूकम्प गएकाले आफू बिउँझिएको लेखेका छन्।

केन्द्रले यो भूकम्प वि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई आएको शक्तिशाली भूकम्प आएसँग सुरु भएको शृङ्खलाको परकम्प हो।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले क्षतिको विवरण शनिवार बिहान ११:३० बजेसम्म नआएको बताएकी छन्।

नेपालमा गइरहन्छ भूकम्प

नेपालमा अहिले पनि प्रत्येक दिन १०-१२ वटा भूकम्प गइरहेको विज्ञहरूले बताएका छन्। तर तीमध्ये निकै कम मात्र हामीले महसुस गर्छौँ।

हामीले महसुस गरेका वा लोकल म्याग्निट्यूड ४ भन्दा माथिका भूकम्पको विवरण भूकम्प मापन केन्द्रले सार्वजनिक गर्छ।

तीभन्दा कम शक्तिशाली भूकम्पले चाहिँ जमिनको सतहमा खासै ठूलो प्रभाव पार्दैनन्। तर जमिनको भित्री भागमा ठूला भूकम्पका कारण खलबलिएको शक्तिलाई पुरानै अवस्थामा फर्काउन तिनको महत्त्वपूर्ण भूमिका हुने विज्ञहरू बताउँछन्।

वि.सं. २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भरेर ७.८ म्याग्निट्यूडको भूकम्प गयो। भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख प्रमुख मोनिका झाले ‘गोरखा भूकम्प’ नाम दिइएको उक्त भूकम्पको शृङ्खलाका कारण पराकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाण्डौंको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको बताएकी छन्।

पराकम्प किन जान्छ ?

सात वर्षअघिको भूकम्पसँगै सुरु भएको भूकम्पीय शृङ्खलामा भूकम्पको सङ्ख्या पाँचगुनाले बढेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत विज्ञ लोकविजय अधिकारी बताउँछन्।

“त्यस भूकम्पले गर्दा जमिनमुनि प्रभावित शक्ति सन्तुलन नभएसम्म पराकम्प आइरहन्छन्। पछिल्लो समय नेपालमै भएका अध्ययनहरूले त्यो शक्ति पुरानै अवस्थामा फर्किन समय लाग्ने देखाएको छ,” उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com