सबैलाई पठाउनु होला

किभ –    हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिउपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ । सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको  छ ।

हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ । सरसफाइसँग यसको नजिकको सम्बन्ध रहेको  छ । मारिउपोलमा छरिएका शव र फोहोरका कारण अस्वस्थ वातावरण छ । यसअघि पनि मारिउपोलमा सङ्क्रमण देखिएको थियो ।

विगतका महिनामा केही मानिसमा हैजा पुष्टि पनि भएको थियो । यो सहरमा यूक्रेनले नियुक्त गरेका नगरप्रमुख भोडिम बोएचेन्कोले ‘हैजा, झाडापखाला र अरू सङ्क्रामक रोगहरू सहरमा देखा परिसकेको’ बताएको थियो  । उनले ठूलो स्तरको महामारी नियन्त्रण गर्ने उद्देश्यले सहरलाई बन्द गरिएको बताएका हुन ।

यद्यपि सहर रूसी सेनाको कब्जामा रहेकोले यसको स्वतन्त्रतापूर्वक पुष्टि गर्न सकिएको छैन। रूसले नियुक्त गरेका नगरप्रमुखले भने नियमित रूपमा परीक्षणहरू गर्ने गरिएको भन्दै हैजाका बिरामी फेला नपरेको दावी गरे  ।

युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिउपोलबाट आफूले सीमित सूचना प्राप्त गरिरहेको जनाउँदै यूक्रेनको नियन्त्रणमा रहेका भूभागमा परीक्षण गरेको र कुनै पनि घटना फेला नपरेको जानकारी दिएको  छ ।

युद्धका कारण मारिउपोलको पिउने पानी प्रणालीमा पनि क्षति पुगेको छ । यसै हप्ताको सुरुमा संयुक्त राष्ट्रसङ्घले पानीसँग ढल मिसिएको भन्दै त्यसबाट हैजाको जोखिम रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com