सबैलाई पठाउनु होला

काठमाडौं –   आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ।

अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै एक एक अङ्क बाँडेका छन्। नेपालले दिएको २७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रनको योगफल बनाएपछि खेल बराबरीमा सकिएको हो।

अमेरिकाका लागि स्टेभेन टेलरले ११४ रनको शतकीय इनिङ खेले। यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन बनाएको छ  । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रन जोडेको हो ।

नेपालका आदील अन्सारीले दुई विकेट लिए भने कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिएको हो ।

अमेरिकालाई जितको लागि अन्तिम छ बलमा छ रन चाहिएको थियो तर नेपालका आदील अन्सारीले पाँच रन खर्चिदै खेललाई बराबरीमा ल्याएको छ । निकै रोमाञ्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो।

पाँचौ बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए। अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल बराबरीमा सकियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २७४ रन जोडेको थियो।

नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले।त्यस्तै आसिफ शेखले ६१ रन जोड्दा देव खनालले ५४ रन बनाएको हो । आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रनमा आउट भए। कप्तान सन्दीपले १० रन बनाएको छ  ।

आरिफ शेख ८, दीपेन्द्र सिंह ऐरी १ सोमपाल कामी १ र सुशन भारीले १ बनाएको छ ।अमेरिकाका रुष्टि थिरनले ४ विकेट लिए भने अलि खान र सौरभ नेत्रभाल्करले २/२ विकेट लिए। खेलमा आदील प्लेयर अफ द म्याच घोषित भएको हो ।

उक्त सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो। अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो। अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मङ्गलबार खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com