मलङ्वा – सर्लाहीको कविलासी नगरपालिकामा वडा नं ८ मा एक युवकको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको छ। हत्या गरिएका युवक सोही स्थानका राम केवल ठाकुरका अन्दाजी २३/२४ वर्षीय छोरा अमरेन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मलङ्वा सर्लाहीले जानकारी दिएको छ ।
हत्या गरी अगर्वा बजारभन्दा पश्चिम सडकको किनारमा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको बुढाथोकीले बताएको छ । अहिले कुकुरसहित विशेष टोली बोलाएर अनुसन्धान भइरहेको छ। थप अनुसन्धान पछि मात्र अन्य कुरा भन्न सकिने उनले उल्लेख गरेको हो ।

