सबैलाई पठाउनु होला

काठमाडौं –    एमाले निकटका अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीच १० करोड घुसको डिल भएको अडियो रेकर्ड बाहिरिएको छ ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेमा सम्वाद भएको छ । सो अडियो सार्वजनिक भएको थियो  ।

न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेपछि खैलाबैला भएको हो  ।न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायपरिषदको बैठक बोलाएका हुन  ।

अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरू राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुनेछ ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरूलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका थिए  ।

त्यसमा कोइराला आफू तयार रहेको तर, माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरे  । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका थिए ।

अधिवक्ता पोखरेल एमालेको कानून विभाग सदस्यसमेत हुन् । घुसको डिल भएको समयमा पोखरेल नेपाल बार एशोसिएसनको कोषाध्यक्ष रहेको  थिए ।

न्यायाधीश कोइरालासँग घुसको डिल गरेको वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन दिएका छन् ।

सो समयमा नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश जबरामा न्यायिक विचलन आएको भन्दै जबराको राजीनामा मागेर आन्दोलनमा  थियो ।

अधिवक्ता पोखरेल भने खुलेरै बारको आन्दोलनको विरोधमा र प्रधानन्यायाधीश जबराको पक्षमा लागेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com