काठमाडौं – अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय कार्य भनेको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा बिहीबार नेपालको एसपीपीमा नरहने निर्णयको प्रशंसा गरे ।
पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, ‘नेपालमा हालै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को बारेमा व्यापक विवाद भएको हामीले देखेका छौं।
विभिन्न राजनीतिक दलहरू, सरकार, सेना र नेपाली समाजका जनताले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग घनिष्ट सम्बन्ध गाँसिएको सैन्य र सुरक्षा पहलका रूपमा हेरेका छन्।’
उनले अघि भने, ‘उनीहरू यसलाई नेपालको राष्ट्रिय हितविपरीत र लामो समयदेखि रोकिएको गैरकानुनी, सन्तुलित परराष्ट्र नीति एसपीपीको हिस्सा ठान्छन्। नेपालको मन्त्रिपरिषद् बैठकले एसपीपीलाई अगाडि नबढाउने निर्णय गरेको छ।’

