सबैलाई पठाउनु होला

प्रदेशसभा –   प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयक अन्र्तगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल समाप्त भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको हो ।

छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा यो बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले जनताको चाहनाअनुसारको योजना सम्पन्न हुने कुरामा शङ्का व्यक्त गारेका छन्  । अर्का सदस्य चुमनारायण तवदारले कृषि विकासको मूल आधार भएकाले कृषकले पाउने अनुदान, सहुलियत ऋण झन्झटिलो हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्  ।

सदस्य अम्बिका थापा, राजकुमार ओझा, लक्ष्मण तिवारी, उत्तमकुमार बस्नेत, नारायणबहादुर मगर, बलबहादुर साम्सुहाङ, विमल कार्की, शिवनारायण गनगाइ, सीतादेवी थेवे र हिराकुमार थापालगायतले बजेटको विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

शून्य समय प्रदेशसभा सदस्य इन्दिरा राई, कृष्णकुमारी राई, वसन्तकुमार बानियाँ, बुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का, लीला सुब्बा र सर्वध्वज सावाले मुलुकमा महँगी बढेका कारण जनताले भोग्नुपरेको समस्या, सिँचाइका लागि पैनी, खानेपानी, विपद् परेका जनतालाई राहत वितरण जस्ता विषयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक मङगलबार बिहान ११ः३० मा बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com