सबैलाई पठाउनु होला

कर्णाली –  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताउनुभएको छ ।केबी इन्टरटेन्मेन्ट ग्रुपद्वारा आजदेखि वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’ शुभारम्भ गर्दै उहाँले कलाकारहरूले समाजको वास्तविक कथालाई कलाका माध्यमबाट उतार्दा त्यसले नेतृत्वलाई बढी जिम्मेवार बनाउने बताउनुभएको थियो  ।

चलचित्र उद्योगले पनि मुलुक विकासमा सहयोग पुर्याउदै  आएको उहाँको भनाइ रहेको  थियो । हरेकले कर्णालीप्रति हेर्ने दृष्टिकोण कमजोर बनाउँदै आएको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णालीलाई कमजोर नसम्झ बरु तिम्रो हेर्ने नजर परिवर्तन गर किनकि सिङ्गो नेपाललाई विश्वमा चिनाउने भर्जिनल्याण्ड कर्णाली हो ।”

वरिष्ठ कलाकार प्रेमदेव गिरीलगायतका कलाकारको प्रशंसा गर्दै उहाँले कर्णालीका कथा र वास्तविकतालाई चलचित्रमा उतार्ने गरी कलाकारिता क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्न सुझाउनुभयो । वरिष्ठ रङ्गकर्मी गणेशभक्त गौतमले कर्णाली आफैँमा कलाको खानी भएको र कार्यशालाले यस क्षेत्रका कलाकारलाई अझ दक्ष बनाउने विश्वास व्यक्त गर्नुभएको छ  ।

कर्णालीको राजधानी सुर्खेतमै चलचित्र निर्मातासहित दक्ष कलाकारहरू भए पनि उनीहरूले जीविकोपार्जन गर्न सक्ने वतावरण नभएको र उनीहरूप्रति राज्यको हेर्ने नजर फरक भएको टिप्पणी गर्नुभयो । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीले विसं २०६८ मा सुर्खेतमै राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको उल्लेख गर्दै कार्याशालाले राम्रा कलाकार उत्पादन गर्ने मात्र नभई कर्णालीमा राम्रा कलाकार छन् भन्ने सन्देश दिने बताउनुभएको हो  ।

केबी इन्टरटेन्मेन्ट ग्रुपका अध्यक्ष भूपेन्द्र खड्काले कर्णालीमा चलचित्र उत्पादन गरी यही क्षेत्रको जनशक्ति निर्माण गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको जनाउनुभएको हो  । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले यहाँका कलाकारलाई दक्ष बनाइ मुलुक निर्माण सहयोग पुर्याउनु  सबैको कर्तव्य भएको विचार व्यक्त गर्नुभएको छ  ।

कार्यशालामा विष्णु कल्पितले प्रशिक्षण दिनुहुने भएको छ । वरिष्ठ कलाकार प्रेमदेव गिरी, नृत्य निर्देशक कुलमान नेपाली, चलचित्र निर्माता निर्मल प्याकुरेललगायतका कलाकार माया थापाको सहभागिता रहेको सो कार्यशालामा २५ जना प्रशिक्षणमा सहभागी हुनुहुने जानकारी दिनुभएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com