सबैलाई पठाउनु होला

 

पिरतिको भाषा गीत बजारमा आएको छ । गीतको शव्द संकलन पेशल कुमार लुइँटेलले गर्नु भएको छ । म्यूजिक नवीन कर्की , एरेन्ज विशाल निरौला, मिक्सिङ राजन राइले गरेको गीत स्वर प्रतिमा रिमाल ले भरेकि छिन ।

शब्द कोर्न अब्बल पेशल कुमार लुइँटेलले थुप्रै शब्द कोरि सक्नु भएको छ । तिम्रो मुहारमा हेर्दा, तिमिलाइ खुशी, जस्ता संगीतमा शब्द भरी सक्नु भएको छ । लुइँटेल लेखनमा मात्र अब्बल होइनन् , उहाँ प्राध्यापक, कवि, र कानुनी अधिबक्ता समेतमा उत्तिकै प्रखर छन ।

शब्दमा ,

पीरतीको भाषा बुझ्ने बाचुन्जेली साथ हुन्छन्
चोखो मायाँ गर्दा सधैँ ईश्वर दाहिने हात हुन्छन्
देखाउनै पर्दैन मनमा माया भएपछि …
बिछोड हुँदैन कैलै एक अर्कालाई बुझेपछि

बिगतका कुराहरु बर्तमानमा जुठा हुन्नन
साँचो साँचो भन्नेहरु पीरतिमा झुट्टा हुन्नन

लुकीछिपी गल्ती गरे आफैंलाई घात हुन्छ
मुटुभित्र सजिएको तस्बिर पनि सखाप हुन्छ

घाम पानी जिन्दगीको सुख दुख जस्तो हवस्
आफ्नो मान्छेलाई सधैं मनको ढोका खुल्ला रहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com