सबैलाई पठाउनु होला

मध्यपुरथिमि –   मध्यपुरथिमि नगरपालिकाको सोमबार बसेको छैटौँ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९-८० का लागि विनियोजित बजेट सर्वसम्मतले पारित गरे  ।

बैठकले आव २०७९÷८० का लागि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको रु तीन अर्ब १५ करोड १० लाख बजेट छलफलपछि सर्वसम्मत पारित गरेको हो ।

मध्यपुरथिमि नपाको वार्षिक बजेटमा नगरपालिकाद्वारा सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनाको रु ६० करोड ८७ लाख ६२ हजार र नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालतर्फ रु ५७ करोड ३७ लाख ४६ हजारसमेत समावेश गरिएको उहाँले बताउनुभएको छ  ।

यसैगरी नगरसभाले विभिन्न चार ऐनसमेत सर्वसम्मतले पारित गरेको नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले जानकारीदिनुभएको हो  ।

नगरसभाले सुखी र समृद्ध मध्यपुरथिमि बनाउने अठोटका साथ शिक्षा ऐन– २०७९, स्वास्थ्य ऐन–२०७९, सहकारी ऐन– २०७९ र विपद्जोखिम न्यूनीकरण व्यवस्थापन ऐन– २०७९ सर्वसम्मतले पारित गरेको उहाँले बताउनुभएको छ  ।

बैठकमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरको नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित गरेर नगरसभालाई ऐतिहासिक बनाउन भूमिका खेल्ने सबै नगरसभा सदस्यलाई धन्यवाद दिनुभएको हो  । उहाँले नगरपालिकाको विकासमा सबै राजनीतिक दलहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com