सबैलाई पठाउनु होला

मकवानपुर –   मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको सङ्ख्या तीनगुणा बढी रहेको छ ।

आर्थिक वर्ष २०७८-७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार सङ्ख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको सङ्ख्या ९२ रहेको छ । यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १४४ भित्रिदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन् ।

गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँसरी जानेको सङ्ख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिनुभएको छ  । पालिका केन्द्रमा वर्षभरिमा पालिका बाहिरबाट २९ परिवार आए पनि गाउँपालिकाबाट ९२ परिवार बाहिरिएका हुन  । पालिकाभित्रै पनि ग्रामीण क्षेत्रबाट पालिका केन्द्र र आसपास बसाइँ सर्ने क्रम अत्यधिक रहेको उहाँले बताउनुभएको छ  ।

भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकामा चालु आवमा विभिन्न प्रकारका एक हजार ३७७ घटना दर्ता भएका छन् । उपलब्ध विवरणअनुसार पालिकामा ३११ बालकको र ३४४ बालिकाको जन्मदर्ता भएको छ ।

त्यस्तै १२२ पुरुषको र ८७ महिलाको मृत्यु दर्ता भएको पालिकाले जनाएको छ । पालिकामा चालु आवमा ३६५ विवाह दर्ता गरिएकामा २७ सम्बन्धविच्छेदका घटना दर्ता भएका हुन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com