सबैलाई पठाउनु होला

भोजपुर –  भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । रामप्रसादराई र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलाको पुल निर्माणका क्रममा भाँचिएको हो  ।

पुल आठ महिनाअघि भाँचिएको भए पनि हालसम्म पुनः निर्माणको काम अघि बढ्न सकेको छैन । गत मङ्सिरमा सो विषयमा सर्वपक्षीय छलफल भएको थियो । पुनः निर्माणको काम यस वर्षको बर्सातअघिनै सक्ने सहमती भएको थियो ।

खोलाबाट भाँचिएको पुल हटाउनबाहेक अन्य काम अघि बढ्न नसकेपछि स्थानीयले आवाज उठाएका छन्  । प्रादेशिक सडक, पुल आयोजना प्रदेश १ का संयोजक सूर्यनारायण चौधरीले आगामी चैतसम्म पुनःनिर्माण गरिने बताउनुभयो । निर्माणकै क्रममा पुल भाँचिएको विषयमा अनुसन्धान भइरहेको उहाँको भनाइ रहेको  छ ।

स्थानीय उमेश कुलुङले भन्नुभयो, ‘पुल निर्माण सुरु हुँदा हामी निकै उत्साहित थियौँ । बन्दै गर्दा पुल भाँचियो । भाँचिएपछि तत्काल बन्ला बन्ने आशा थियो । तर पुनः निर्माणको काम सुरु भएन । हामी जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ ।’

पैदलयात्रुसँगै सवारीसाधन पार गर्न निकै कठिन हुने गरेको छ । विसं २०७६ फागुन १२ गते पुलको शिलान्यस गरिएको हो । करिब ९० प्रतिशत काम सकिएपछि ढलान गर्ने क्रममा पुल बीचमा भाँचिएको थियो  ।

करिब रु पाँच करोडको लागतमा पक्की पुल निर्माण भइरहेको थियो । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डको उक्त पुल २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । पुलको लम्बाइ ४५ मिटर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com