सबैलाई पठाउनु होला

काठमाडौँ –   वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उहाँले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाउनुभएको छ ।

सो क्षेत्रमा सफलता हासिल गर्नुभएको व्यक्ति धानमिल अर्थात् धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा कसरी मोडिनुभयो त ? रासससँगको कुराकानीमा प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो, ‘बुद्ध एयर खोल्नु अगाडि धानमा परिचित थिएँ, धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हुँ, यसैले नेपालको सफलता न्यायसङ्गत व्यवसाय के हुनसक्छ भन्दा त्यो कृषि नै हो, किनभने अहिले पनि हामी कृषिप्रधान देश भनेर चिन्छौँ ।’

उहाँको अनुभूतिमा जिन्दगी दर्शनसँग जोडिन्छ । किनभने कुन व्यक्तिले कुन काम गर्ने एउटा आफ्नो जीवनको दर्शन के गर्न चाहन्छु, के गर्छु भन्ने विषयसँग जोडिएको हुन्छ । ‘वायुसेवामा चुलो बाल्ने साधन हामीले सिर्जना गर्यो । सफल नै छ र राष्ट्रिय उद्योग राष्ट्रिय अर्थतन्त्रमा ठूलो सेवा पुर्याएको  छ ।  योगदान पनि गरेको छ । तर राज्यको समृद्धि के हामीले सफलतालाई स्थापित गर्न सक्छौँ कि सक्दैनौँ’, उहाँले भन्नुभएको छ  ।

कृषि पेशाप्रति मौलाइरहेको नेपाली नैराश्यपनलाई परिवर्तन र प्रोत्साहन गर्ने हेतुले यो अभियानमा सक्रिय भएको उहाँको भनाइ रहेको छ ।  ‘हरेक एक व्यक्ति एउटा स्थानमा पुग्छ । यसले योगदान गर्न सक्छ । आखिरमा गएर माटोमा नै विलय हुने हो ‘, उहाँले भन्नुभएको हो ।

उहाँको बुझाइमा माटोमा विलय हुनुभन्दा अगाडि समाज, देश र भावी सन्ततिका लागि केही योगदान गर्न सकिन्छ कि सकिँदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ । प्रबन्ध निर्देशक बस्नेतले कृषिलाई निर्वाहमुखीबाट औद्योगीकरण वा व्यावसायीकरण गरिनुपर्नेमा जोड दिनुहुन्छ ।

उहाँले भन्नुभयो ‘हामीसँग प्रशस्त जमिन छ । धान ‘अनस्टेवल डाइट’ हो’ ,नेपालमा रु ५० अर्बको धान आयात गरिएको आँकडा गरिएको छ । त्यो आयात हुने धानलाई रोक्न र आफैँ आत्मनिर्भर हुनसकेमा त्यसले सफलताको कथा निर्माण गर्ने उहाँले बताउनुभयो ।

मुलुकको आन्तरिक उडानमा १४ एटिआर र दुई थान बिजक्राप्ट गरी कूल १६ जहाजमार्फत यात्रु बोक्ने बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सिएसआर) अन्तर्गत व्यावसायिक कृषिमा लगानी गरे  ।

विसं २०६९ मा नेपाल कृषि कम्पनी स्थापना गरी बुद्धले मोरङका विभिन्न स्थानीय तहमा धानखेतीको व्यावसायीकरण र यान्त्रिकीकरणमा लगानी गरिरहेको बुद्धले अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउने तयारी गरे  ।

कम्पनीले अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झण्डै रु ५० करोड लगानी गरे  । उक्त धानमिल आगामी कात्तिकदेखि सञ्चालन हुनेछ । बुद्धले कृषिको यान्त्रिकीकरणमा रु सात करोडभन्दा बढी खर्च गरिसकेको छ । सो भेगमा स–साना टुक्रा जमिन एकीकृत गरी ठूला मेसिनको प्रयोगबाट धान रोप्ने र काट्ने काम भइरहेको छ ।

बुद्ध एयरले आफ्नो भगिनी संस्था नेपाल कृषि कम्पनीमार्फत निश्चित क्षेत्रमा निश्चित जातको धान रोप्न कृषकलाई प्रोत्साहन गरिरहेको छ । यसरी फलेको धान आरजु राइस मिलले सिधै खरिद गर्नेछ ।

मिलले मोरङ र यस आसपासका जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्राण्डमा नेपाली बजारमा पठाउने लक्ष्य लिएको छ ।पछिल्लो ११ महिनामा नेपालले रु २८ अर्ब ५० करोड बराबरको चामल आयात गरिसकेको आँकडा गरिएको छ ।

आयातलाई प्रतिस्थापन गर्न र कृषिको व्यावसायीकरण गरी अर्थतन्त्रलाई सवलीकरण गर्ने लक्ष्यसहित कृषिमा यान्त्रिकीकरणको अभियान थालिएको बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले बताउनुभयो । कम्पनीले धान फलाउने कृषक र चामल खाने उपभोक्ताबीच रहेका अनेक ‘ब्रोकर’को चेन तोड्ने विश्वास लिएको छ । यो राइस मिलले पहिलो एक सिजनमा दुई हजार मेट्रिक टन र त्यसपछि वार्षिक १३ हजार मेट्रिक टन चामल उत्पादन गर्ने लक्ष्य लिएको हो  ।

अहिले नेपालमा धेरै मोटो धान उत्पादन हुन्छ । किनकि मसिनो धानको बजार व्यवस्थित भएको छैन । मसिनो धानलाई मिलिङ गर्ने इक्युटमेन्टहरू पनि छैन । “मिलहरूको त्यो खालको इक्यिुपटमेन्ट छैन । त्यसले गर्दा मोटो धान उत्पादन हुन्छ, जसको चामलको मूल्य रु ४० देखि ५० हुन्छ । धानको मूल्य एकदमै थोरै हुन्छ ।

सबैभन्दा धेरै उत्पादन र खेती हुने पनि धान नै भएकाले त्यो भिसेफ साइकललाई कसरी ब्रेक गर्ने भन्ने एउटा हाइफोथसिस सिर्जना गर्नु अति जरुरी ठानेर कम्पनीले करिब १५ वर्षदेखि कृषि कार्यमा लागेको उहाँले उल्लेख गर्नुभएको छ  ।

कम्पनीले अहिले मसिनो धान पनि उत्पादन गरिहेको छ । किसानले लङ्ग्रेन ६.५ एमएमको धानबाट चामल उत्पादन गरे खरिद गरिरहेका छौँ । चैतेधानको न्यूनतम रु ७५० तोकेको छ ।

आरजु राइस मिलले धान भण्डारणमा पनि ठूलो लगानी गरेको छ । भण्डारण गर्ने ढवाङहरु साढे ३ हजार टनका छन् । त्यहाँ सबैभन्दा ठूलो लगानी पिकक्युलयन र डायरमा गरिएको छ । किनकि उत्पादन भएर आउनेबित्तिकै आउने धान वा मकैको नमि एकदमै धेरै हुन्छ ।

धानलाई १३ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ र मकैलाई ३० प्रतिशतबाट १५ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ ।’हरेक घरले ग्यास पानी जस्तो महिनामा २० देखि ३० केजी चामल प्रयोग गर्छन् । त्यो खालको बजारीकण योजनामा जानुपर्छ । यो विशुद्ध नेपाली चामल हो । रु २० देखि २५ रिटेल मूल्य कम गरेर दिन्छौँ’, उहाँले भन्नुभएको छ  ।

मिलमा जुन धान प्रशोधन गर्ने प्रविधि रहेको छ । त्यो प्रविधिको उच्चतम प्रविधि प्रयोग गर्दा मात्रै धेरै फाइदा हुन्छ । त्यसले अर्थतन्त्रको स्केल तय गर्छ, उत्पादन गर्दाको खर्च घटाउने बस्नेतको विश्वास छ ।

उहाँले भन्नुभयो,’नेपालमा अन्य राइस मिलहरुको प्रविधि कस्तो हो थाहा छैन । पहिलोपटक राइस मिल खोल्दैछु । अरुको राइस मिल हेरेको छैन । राइस मिलको दुईवटा टेक्नोलोजी हो एउटा भुलर र अर्को जापनिज टेक्नोलोजी । दुवैलाई कम्प्युटर गर्यौ  । भुलर तुरुन्तै आयो । भुलर स्वीज मल्टिनेशनल टेक्नोलोजी हो । यो टेक्नोलोजी फुड ग्रेन म्यानेजमेन्टमा संसारको उच्चतम टेक्नोलोजी हो । उनीहरुको धान मिलको राम्रो टेक्नोलोजी ल्याएका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com