सबैलाई पठाउनु होला

बकर इद  –    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बकर इद पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवा आउनुभएका मन्त्री कार्कीले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको हो ।

मन्त्री कार्कीले यस पर्वले सबैलाई सुखशान्ति र समृद्धि प्रदान गर्नुका साथै पर्वले समाजलाई एकताको सूत्रमा बाँध्नका लागि प्रेरणा प्रदान गरोस भनी कामना गर्नुभएको छ ।

त्यसैगरी बकर इदका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, सङ्घीय सांसद सीताराम मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिमकुमारी भगत लगायतले सबैमा शुभकामना दिनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com