सबैलाई पठाउनु होला

कैलाली –   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताउनुभएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकको योगदानको कदर गर्ने र रोजगारदातालाई सम्मान गर्ने नीति सरकारको रहेको जानकारी दिनुभएको हो  ।

मन्त्री कुँवरले केही दिनअघि मात्रै श्रमिकहरुको उपचार खर्च वापतको रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ  । उहाँले भन्नुभएको छ , ‘अहिले २६ अस्पताललाई अनुमति दिइएको छ र ती मध्ये १८ अस्पताल अनलाइन प्रणालीमा आइसकेका छन् ।’

उहाँले देशभरिका अस्पताललाई पनि त्यो अनुमति दिने र त्यो अनुमति दिइसकेपछि सामान्य उपचारका लागि २० प्रतिशत खर्च बिरामीले र ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने गरी कार्य सुरु भएको बताउनुभएको हो  ।

“आकस्मिक दुर्घटनाहरुका लागि भने एक सय प्रतिशत खर्च नै सामाजिक सुरक्षा कोषले व्यहोर्ने भन्ने कुरा पनि सुरु गरेका छौँ”, मन्त्री कुवँरले भन्नुभएको छ  । उहाँले सांस्कृतिककर्मी र सञ्चारकर्मी लागि पनि सामाजिक सुरक्षामा आवद्ध गरिने जानकारी दिनुभएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com