सबैलाई पठाउनु होला

नवलपरासी –    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरे ।

वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा रहेका नेपालीहरुले मिर्गौला पीडित आलेलाई रु एक लाख ६३ हजार आर्थिक सहयोग गरे ।

दुबईबाट सुरेश लामाको नेतृत्वमा रु एक लाख १६ हजार र वीरतासिंह गुरुङको नेतृत्वमा रु ४७ हजार आलेलाई सहयोग उपलब्ध भएको अभियन्ता राजेन्द्रसिंह ठकुरीले जानकारी दिनुभएको छ  ।

मिर्गौला पीडित ५० वर्षीया आलेले आर्थिक अवस्था कमजोर भएका कारण नियमित स्वास्थ्य परीक्षणमा समेत समस्या भएको बताउनुभएको छ  ।

आर्थिक अवस्था कमजोर भएकी आलेको उपचारका लागि सुरेश लामा, किरण कुमाल, हरि कुमाल, सुभाष पुन, प्रताप लामालगायतको दुबईमा कार्यरत नेपालीहरुको सक्रियतामा सहयोग रकम सङ्कलन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com