सबैलाई पठाउनु होला

नागरिकता सम्बन्धी कसुरमा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका संचालक कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियालाई उच्च रक्तचाप भएको भन्मुने छ । उनलाई सुरुमा जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएकोमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सारिएको छ । छाती तथा मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले सिरोहियालाई अस्पताल पठाउन आग्रह गरेका थिए ।
सिरोहियालाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचाप लगायतको समस्या रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।सिरोहिया गत मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यकक्षबाट पक्राउ परेका थिए ।
हुनत ठुला मान्छेहरु हिरासत बस्न पर्ने भएपछी बिरामी हुने परम्परा नौलो भने होइन, तर हिरासतमा सयौ भुइँ मान्छे यो भन्दा बढी बिरामी छन् उनीहरुलाई यस्तो छुट हुदैन । किनकि प्रहरीले ठान्छ यो भुइँ मान्छे कोही होइन ।
यो देशमा ठुलालाई चैन सानालाई ऐन भन्ने पुरा पुष्टी हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com