सबैलाई पठाउनु होला

काठमाडौँ । सवारी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित तीनजनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ९ बजेतिर बागलुङ गलकोट नगरपालिका वडा नं. २ घुङखानीमा भएको गाडी दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष, सोही गाउँपालिकाको २ नम्बर वडाका वडाध्यक्षसहित तीनजनाको मृत्यु भएको हो ।

गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा र २ नम्बर वडाका वडाध्यक्ष दशबहादुर शेर्पालीको मृत्यु भएको पुथा उत्तरगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत समिर गिरीले जानकारी दिए ।

उनका अनुसार मृतकहरुको शव अहिले गलकोट अस्पतालमा राखिएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

अहिले घटनास्थलतर्फ पुथा उत्तरगंगा गाउँपालिकाको पुनीराज घर्ती र प्रमुख प्रशासकीय अधिकृत गिरी गइरहेका छन् । ‘गाडी दुर्घटना भएको खबर पाएलगत्तै हामीहरु अहिले घटनास्थलतर्फ गइरहेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले अनुसार  ‘शवलाई गलकोट अस्पतालमा राखिएको जानकारी आएको छ ।’

घटनाबारे उहीँ पुगेर बुझेपछि मात्र यथार्थ थाहा हुने उनले बताए । गाउँपालिका उपाध्यक्ष बुढामगरसहित सवार सो गाडी सडकबाट करिब तीन सय मिटर तल भिरमा खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com