असोज १२ । निरन्तर बर्षाको कारण देशको धेरै जसो ठाउहरुमा बाडी पहिरोको कारण थुप्रै जनधनको छेती पुगेको छ । नख्खु कान्तिपुर कोलोनी जनिकै टहरामा बस्दै आएका थिए एक्कासी खोलाले आफु बसेको टहरा घेर्न थाल्यो उनिहर भाग्न समेत पाएनन् आसा थियो उद्दारको, उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै चार जना बाडीमा बेपत्ता भए ।
प्रत्यक्षदर्शीहरुको अनुसार, करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा थिए ।
सबै निकायहरुलाई खबर गर्दा गर्दै पनि चासो नदिएको देखिन्छ, प्रहरी आउन पनि झण्डै ४५ मिनेटजति लागेको प्रहरी पनि रित्तै आएको प्रत्यक्ष देख्नेहरु बताउछन । ‘राजधानीको मन्त्री निवास नजिकै रहेको नखिपोट जस्तो क्षेत्रमा पनि यस्तो स्थिति छ भने अन्त के हालत होला’, प्रश्न ? ‘कम्तीमा लाइफ ज्याकेट मात्र लिएर आउनु भएको भए बचाउन सकिन्थ्यो भन्ने प्रत्यक्षे देख्नेहरु पताउछन् ।’
संघिय सरकार स्थानीय सरकार र प्रहरीको अत्यधिक लापरबाहीका कारण यो घटना भयो, प्राकृतिक प्रकोप यउटा पाटाे हाे । तर मुख्य त्रुटी जिम्मेव निकेकै हो ।’
यदि यो ठाउमा ठुला मान्छे फसेको भए बच्ने थिए भन्छन स्थानीय र प्रत्यक्षे दर्सीहरु । प्रत्यक्षे दर्सीहरुको भनाई अनुसार बचाउन सकिन्थ्यो तर मर्न दियो सरकारले भन्छन ।’

