सबैलाई पठाउनु होला

नेपाली कांग्रेस जिल्ला कार्य समिति गोर्खाले दीपक थापा लाई आमन्त्रित सदस्य पदमा मनोनित गरेको छ।

नेपाली कांग्रेसको नियमावली २०७६ परिच्छेद १८ को नियम ५६ को दुईले व्यवस्था गरेबमोजिम थापालाई किल्ला कार्य समिति को आमन्त्रित सदस्य पदमा नियुक्त गरिएको छ।

गोर्खा जिल्ला सभापति तथा गण्डकी प्रदेश सांसद माननीय नन्दु प्रसाद न्यौपाने ज्यूले सिफारिस गर्नुभएको छ।

थापा राजनीतिक सँगसँगै समाजसेवा लाई अगाडि बढाउँदै आएका एक इमान्दारी युवा पनि हुन्। थापाले सामाजिक काममा थुप्रै कामहरू गर्दै आउनुभएको छ।

गुनासो चौतारीसँग कुरा गर्दै आगामी दिनमा समाज र समग्र जिल्ला मा भरपुर योगदान गर्ने कुरा पनि गुनासो चौतारीलाई बताउनुभएको छ। पार्टीको विधान र नियमावलीको अधीनमा रही आफ्नो जिम्मेवारी कुशलपूर्वक निभाउने प्रतिबद्धता पनि गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com