काठमाडौं गुनासो चौतारी । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच चलिरहेको सवाल जवाफ आरोप प्रतिआरोप खुल्लमखुल्ला चलिरहेको छ । यसै बीच शर्मानिकटका अर्का नेता सुदन किरातीले मुख खोलेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका किरातीले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै केन्द्रीय समितिको निर्णय कार्यान्वयनका लागि ४ सर्त दृढतापूर्वक लागू गर्न आव्हान गरेका छन् । उनले अघि सारेका सर्त यस्ता छन्-
१. पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाऊँ ।
२. शहीदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।
३. प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ ।
४. नेतृत्वको विचार र योगदानलाई जुग-जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरौँ ।
उपमहासचिव शर्माले एक कार्यक्रममा पार्टीमा निरंकूशता र व्यक्तिवादी हाबी भएको बताएका थिए । माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको उनको भनाइ थियो ।
शर्माले एक कार्यक्रममा भनेका थिए शीर्ष नेताहरूले भ्रष्टाचार नगर्ने हो भने आफै न्यून भएर जान्छ। संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा एकजना व्यक्ति चार दशकसम्म कार्यकारीमा रहिरहने कुरा लोकतन्त्र होइन। भनेर प्रश्न गरेका थिए।
त्यसको भोलिपल्टै प्रचण्डले प्रशस्त सिँगौरी खेल्न ठाउँ दिएको भन्दै आफ्नो उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका थिए ।
प्रचण्डले यो पनि भनेका छन् आजसम्म पार्टी छोड्नेहरूलाई मैले निस्केर जा भनेको छैन। आफै जानेहरूलाई नरोकेको प्रसय प्रकट गरे ।
यतिखेर पक्ष विपक्षमा टिका टिप्पणी भइरहेको छ।

