सबैलाई पठाउनु होला

कालीकोट : कर्णाली राजमार्गअन्तरगत कालीकोट सडक खण्डमा फोर्स गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये तीनजना गम्भीर छन्। गाडीमा सवार ७ जनामध्ये दुईजना सामान्य घाइते भएका छन्।

जुम्लादेखि सुर्खेतको लागि छुटेको कर्णाली प्रदेश ०९७६ नम्बरको गाडी तिलागुफा र खाँडाचक्रको सिमाना गोलुवा खोलामा दुर्घटना भएको प्रहरी निरीक्षक गोबिन्द चौधरीले बताए। उनले घाइते पाँचजनालाई थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको छ।  फोर्स गाडी अनियन्त्रित भइ सडक भन्दा करिब १०० मिटर तल खसेको थियो।

गाडीमा ७ जना सवार रहेकोमा ५ जना घाइते भएको २ जना सामान्य रहेका छन्। गाडी तिला नदीको किनारमा खसेको छ।  घाइते हुनेमा गाडी चालक  सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१ का ३० वर्षीय लालबहादुर बस्नेत,सह-चालक  कालीकोट सुभकालिका गाउँपालिका- २ निवासी २१ वर्षीय प्रकाश शाही, जुम्ला हिमा गाउँपालिका -१ देहारगाँउ निवासी २८ वर्षीय रबिन परियार,  १६ वर्षीय अबिगेल परियार, जुम्ला हिमा गाउँपालिका -१ देहारगाउँका २५ वर्षीया  गंगा परियार, जुम्ला हिमा गाउँपालिका- १ देहारगाँउका २८ वर्षीय रबिन परियार र उनका छोरा  ५ वर्षीय सुमन परियार रहेका छन् ।

यसैगरी  कालीकोट  तिलागुफा नगरपालिका  वडा नम्बर ६ निवासी २० वर्षीय प्रकाश शाहीको दुबै खुट्टा भाँचिएको छ। उनलाई तत्काल रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सूचना अधिकारीले  बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com