सबैलाई पठाउनु होला

२७ मंसिर, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् ।

एमालेको ११ औं महाधिवेशनको उद्धघाट्न सत्रमा बोर्ल्दै रञ्जिताले जनसागर उर्लिएको बताइन् ।

‘राष्ट्रको आगामी मार्गचित्र कोर्ने रणनीतिक क्षण पनि हो । हामी यहाँ इतिहासको साक्षी हुन मात्रै होइन । साझा संकल्प बोकेर पनि उपस्थित भएका छौं,’ रञ्जिताले भनिन्, ‘विशेष गरि नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामू स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व एकदमै प्रशंसीय छ ।’

एमाले अध्यक्ष ओलीको राष्ट्र केन्द्रित दृढता रहेको उल्लेख गर्दै खुलेर प्रशंसा गर्ने उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com