तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार बिहान सिमेन्ट बोकेको भारतीय नम्बरको ट्रक पल्टिँदा एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको डब्लूबी ७३ जी ६२१० नम्बरको सिमेन्ट बोकेको बल्गर (ट्रक) चालकले सवारी नियन्त्रण गुमाउँदा ट्रक सडकको छेउमा पल्टिएको हो।
दुर्घटनामा भारतको दार्जिलिङ घर भएका ४० वर्षीय अर्वेन्द सहनी घाइते भएका छन्। घाइते सहनीको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

