सबैलाई पठाउनु होला

 

वीरगञ्जमा उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको कर्फ्युको अवधि मंगलबार दिउँसो १ बजेसम्मका लागि थप गरेको छ।

सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहानसम्म कर्फ्यु लगाइएको थियो। तर अवस्था सामान्य नदेखिएपछि प्रशासनले कर्फ्युको समय बढाएको हो। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पूर्वमा बसपार्क नगवा  इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौर र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लागू गरिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा तोकिएको चार किल्लाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा घेराउ गर्न पूर्ण निषेध गरिएको उल्लेख छ। कर्फ्यु उल्लङ्घन गरेमा सुरक्षाकर्मीले कडा कारबाही गर्न सक्ने चेतावनीसमेत दिइएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन अनुरोध गरेको छ। निस्कनै परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गरी अनुमति लिएर मात्र बाहिर निस्कन आग्रह गरिएको छ।

कर्फ्यु अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट भएका यात्रुहरूको आवागमन भने सहजीकरण गरिने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com