सबैलाई पठाउनु होला

काठमाडौं । मुलुक गहिरो आर्थिक संकट, बढ्दो बेरोजगारी, युवा पलायन र कमजोर औद्योगिक संरचनाको चपेटामा परिरहेका बेला उद्योग, समाज र राष्ट्रिय अर्थतन्त्रलाई एउटै सूत्रमा बाँध्न सक्ने नेतृत्वको खोजी झनै तीव्र बनेको छ। यही सन्दर्भमा उद्योगपति तथा समाजसेवी राजनीतिक कर्मी विनोद चौधरीको भूमिका र उपस्थितिलाई देशव्यापी रूपमा अर्थपूर्ण रूपमा हेरिन थालेको छ।

नेपालकै सफल उद्योगपति चौधरीले दशकौँदेखि उद्योगमार्फत हजारौँ नेपालीलाई प्रत्यक्ष रोजगारी दिएका छन्। उत्पादन, सेवा, होटल, बैंकिङ, खाद्य उद्योग, ऊर्जा लगायतका क्षेत्रमा उनका लगानीले रोजगारी सिर्जना मात्र होइन, राष्ट्रिय उत्पादन बढाउने र आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने काम गरेको छ। जब देश आयातमा निर्भर हुँदै गएको छ, त्यस्तो अवस्थामा स्वदेशी उद्योग प्रवर्द्धन गर्ने नेतृत्व संसदमा पुग्नु अपरिहार्य बन्दै गएको छ।

चौधरीको योगदान उद्योगमा मात्र सीमित छैन। शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा उनले निरन्तर सहयोग गर्दै आएका छन्। विद्यालय स्थापना, छात्रवृत्ति, स्वास्थ्य चौकी सहयोग, अस्पताल पूर्वाधार विकास र सामाजिक सेवाका कार्यक्रमहरू उनका मौन तर प्रभावशाली कामहरू हुन्। समाजसेवालाई दान होइन, दायित्वका रूपमा बुझ्ने उनको दृष्टिकोणले धेरै समुदायको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ।

रूपन्देही क्षेत्र नम्बर १ औद्योगिक, कृषि र व्यापारिक सम्भावनाले भरिएको क्षेत्र हो। सीमा क्षेत्रसँग जोडिएको, उत्पादन र रोजगारीको ठूलो सम्भावना बोकेको यो क्षेत्रलाई प्रतिनिधित्व गर्न केवल राजनीतिक नारा होइन, अनुभव, क्षमता र राष्ट्रिय दृष्टि भएको नेता आवश्यक छ। यही कारण विनोद चौधरीको उम्मेदवारीलाई स्थानीय सीमाभन्दा माथि उठेर राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको अवसरका रूपमा हेरिएको छ।

नेपालमा नीति निर्माण तहमा उद्योगीको अभाव सधैं महसुस हुँदै आएको छ। कर, लगानी सुरक्षा, श्रम नीति, उत्पादन लागत र निर्यातजस्ता विषयमा निर्णय गर्ने ठाउँमा भोगाइ र अनुभव बोकेको आवाज पुग्न नसक्दा नीति अव्यवहारिक बन्ने गरेको यथार्थ छ। उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गरेको, चुनौती भोगेको र समाधान खोजेको व्यक्तिको संसद प्रवेशले नीति व्यवहारमैत्री बन्ने अपेक्षा गरिएको छ।

आर्थिक समृद्धि चौधरीका लागि राजनीतिक नारा होइन, अभ्यासमा उतारिएको लक्ष्य हो। देशमै उत्पादन, युवालाई देशमै रोजगारी, निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य र सामाजिक उत्तरदायित्वसहितको उद्योग उनको स्पष्ट कार्यदिशा देखिन्छ। यही कारण उनी उद्योगमा जस्तै समाज र राजनीतिमा पनि भरोसायोग्य पात्रका रूपमा स्थापित छन्।

आज मुलुकले भाषणभन्दा नतिजा देखेको नेतृत्व खोजिरहेको छ। उद्योग, समाज र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको व्यक्तित्व संसदमा पुग्नु व्यक्तिगत जित मात्र होइन, देशको हितसँग जोडिएको विषय हो। रूपन्देही–१ बाट विनोद चौधरीको विजय रोजगारी, आर्थिक समृद्धि र व्यवहारिक विकासको पक्षमा जनताको स्पष्ट सन्देश बन्ने विश्वास बढ्दो छ।

विनोद चौधरी  उद्योगमा सफल, समाजमा जिम्मेवार र राजनीतिमा अपरिहार्य।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com