सबैलाई पठाउनु होला

 

रौतहट , स्रोत नखुलेको नेपाली रकमसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको चेकिङ टोलीले गौर नगरपालिका–३ स्थित सडक खण्डमा सवारी साधन तथा पैदलयात्रीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।

गौर भन्सार कार्यालयतर्फबाट बिपी चौकतर्फ जाँदै गरेको बी.आर. ३० यु ७२४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा गौर नगरपालिका–१ निवासी नथुनीप्रसाद कलवारका ४४ वर्षीय छोरा राकेश प्रसाद कलवारको साथबाट चार लाख ९९ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

बरामद रकमको स्रोत खुल्न नसकेपछि कलवारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com