सबैलाई पठाउनु होला

काठमाडौँ ,फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनेको छ। देशभर निर्वाचनको माहोल चर्किँदै जाँदा ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र सुरक्षित रूपमा पुर्‍याइएको छ। काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा आवश्यक सामग्री ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

‘पहिलो हुने निर्वाचित हुने’ तथा ‘समानुपातिक निर्वाचन प्रणाली’ अन्तर्गतका मतपत्रहरू सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। बाँकी रहेका काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबार सामग्री तथा मतपत्र पुर्‍याइने तयारी छ।

निर्वाचन नजिकिँदै जाँदा देशभर प्रशासनिक तयारी सुदृढ बनाइएको छ भने मतदान प्रक्रिया व्यवस्थित र सुरक्षित बनाउन आवश्यक सबै प्रबन्ध मिलाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com