सबैलाई पठाउनु होला

बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले अध्यक्ष चौधरीसँगै राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध उक्त मुद्दा दर्ता गरेको हो। ‘भैरहवा–१५’ नाम परिवर्तन गरिएको जाहेरीका आधारमा मुद्दा अगाडि बढाइएको जनाइएको छ।

मुद्दा दर्तासँगै गाउँपालिका अध्यक्ष चौधरीको पदसमेत संकटमा परेको छ। यस प्रकरणमा आरोपित सन्तकुमार यादव भने हाल थुनछेकका लागि कारागारमा रहेका छन्।

पीडित महिलाले २०८१ असोज ६ गते किटानी जाहेरी दिएकी थिइन्, जसको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

यता, अध्यक्ष चौधरीले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आफूलाई योजनाबद्ध रूपमा फसाइएको दाबी गरेका छन्। उनले सत्य बाहिर ल्याउन कानुनी लडाइँ लड्ने बताएका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com