सबैलाई पठाउनु होला

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडीओ) रहेका छवि रिजाल पक्राउ परेका छन्। उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। भदौ २३ र २४ गते भएको प्रदर्शनका बेला उनी काठमाडौँका सिडीओ थिए।

बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान जानेगरी गोली चलाइएको घटनामा आदेश दिएको आरोप लागेपछि रिजालको व्यापक आलोचना भइरहेको छ। तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष उनले घातक हतियार प्रयोग गरी गोली चलाउन आफूले आदेश नदिएको दाबी गरेका छन्।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com