गुनासो चौतारी काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार हुने प्रदर्शनमा सहभागी हुन् सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अपील गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति सार्वजनिक गर्दै फागुन ३ गतेको प्रदर्शनमा व्यापक सहभागी भएर प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका हुन् ।प्रधानमन्त्रि केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपील गर्दछु’, देउवाले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्,.
‘संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् । अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील ।
देउवाले प्रतिनिधिसभा विघटनलाई संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरितको कार्य भन्दै आन्दोलनमा सहभागी हुन सबै लोकतन्त्रवादीलाई अपील गरेका हुन् ।
‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ’, उनले थप भनेका छन्, ‘पार्टीको सबै तहका साथीसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

