कतार सरकारले चासो बाह्र हजार नेपाली युवाहरुलाई कतार प्रहरीमा भर्ती गर्ने प्रारम्भिक प्रक्रिया शुरु गरेको छ। कतार सरकारका तर्फबाट नेपाली युवालाई कतारको प्रहरी वा मिलिट्रीमा भर्ती गर्नका लागि पहिलो चरणमा दुई सयको संख्यामा लैजान नेपाल सरकारसँग अनुमति माग गर्दै पत्र पठाएको छ। यो भन्दा अगाडि पनि नेपाली युबा कतार पुलिसमा भर्ति भएका छन्।
उसले यसका लागि नेपालको म्यानपावर कम्पनी अल तकित ओभरसिजलाई अनुमति दिन अनुरोध गर्दै पत्र पनि लेखेको छ। हजारौंको संख्यामा आफ्ना युवाहरुलाई विदेशको सरकारी सुरक्षा निकायमा भर्ती गर्न नेपाल र कतारका बैदेशिक रोजगार कम्पनीहरुलाई अनुमति दिने कि नदिने भन्ने अन्यौलमा नेपालको सरकार परेको छ।कतार सरकारले निशुल्क भिसासहित अन्य खर्च पनि आफैं व्यहोर्ने गरी नेपाली युवालाई कतार प्रहरीमा भर्ती गर्न प्रस्ताव गरेको हो। कतारले शुल्क नलिने भने पनि कतारका दलालहरु र नेपालका म्यानपावर कम्पनीले प्रतिव्यक्ति ८ लाखदेखि १० लाखसम्म रकम असुल गर्दै युवाहरुको छाती नाप्न शुरु गरिसकेका छन्।तर, यो कार्यलाई नेपाल सरकारले हालसम्म अनुमति दिएको छैन। कतारस्थित नेपाली राजदूतावासले नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पत्र नै लेखेर कतार सरकारले मिलिट्री र प्रहरीमा भर्ती गर्न नेपाली युवा माग गरेकोले अनुमति दिन के गर्ने भन्ने निर्णय गर्न आग्रह गरेको छ। सरकारले अनुमति नदिई दलालहरुको विगविगीले हजारौं बेरोजगार युवाहरुको लाखौं रकम दलालहरुले उठाएर विचल्ली पार्न थालिसकेका छन्।यो कार्यलाई नेपाल सरकारले हालसम्म अनुमति दिएको छैन।
कतारस्थित नेपाली राजदूतावासले नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पत्र नै लेखेर कतार सरकारले मिलिट्री र प्रहरीमा भर्ती गर्न नेपाली युवा माग गरेकोले अनुमति दिन के गर्ने भन्ने निर्णय गर्न आग्रह गरेको छ।
सरकारले अनुमति नदिई दलालहरुको विगविगीले हजारौं बेरोजगार युवाहरुको लाखौं रकम दलालहरुले उठाएर विचल्ली पार्न थालिसकेका छन्।यसबारे कतार सरकारले ताकेता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमेतले चासो राखेको र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री गौरीशंकर चौधरीलाई मुलुकको हितलाई प्राथमिकतामा राखेर राज्यका सबै निकायसँग परामर्श गरी आवश्यक निर्णय गर्न निर्देशन दिएको बताइएको छ।
साथ साथै नेपाली यूबाहरुलाइपनी अन्त भन्दा राम्रो हुने ।प्रधानमन्त्रीसमेतले चासो राख्ने सुरक्षासँग सम्बन्धित विषयसमेत भएकाले परराष्ट्र मन्त्री ज्ञवालीले गत बिहीबार श्रममन्त्री चौधरी, श्रमसचिव तोयम राय, परराष्ट्र सचिव भरतराज पौडेल, तथा परराष्ट्र र श्रम मन्त्रालयका सरोकारवाला निकायका सहसचिवहरुको एउटा बैठकको आयोजना गरेका थिए।
बैठकले यसबारे नेपाली युवालाई श्रम दलाल व्यापारीहरुमार्फत मित्रराष्ट्र कतारको प्रहरीमा भर्ती गराउन पठाउन मिल्ने कि नमिल्ने? दलाल कम्पनीहरुमार्फत पठाउँदा यहाँबाट कतार जाँदै नेपाली युवाहरु ठगिने अवस्था र विदेशको कुनै पनि सुरक्षा निकायका लागि आफ्ना युवालाई भर्ती हुन दिनु हुने कि नहुने भन्नेबारे छफफल भएको थियो।
व्यापारीलाई सुम्पनु पर्ने श्रममन्त्रीको अडान बैठकमा श्रममन्त्री गौरीशंकर चौधरीले नेपाली युवाहरुको छाती नापेर कतार प्रहरीमा भर्ती गर्न नेपालका व्यापारीहरुलाई अनुमति दिनुपर्ने अडान लिएका थिए। उनले सरकारले व्यापारीलाई नदिए कतारले नेपाललाई त्यत्रो भर्तीको कोटा दिन नसक्ने बताए।उनले कतारले नेपाललाई दिएको कोटा रद्ध हुने खतरा रहेको भन्दै तत्काल निर्णय नगरे कतारले पाकिस्तानबाट युवाहरु भर्ती गर्ने अवस्था आएको जिकिर गरेका थिए।
उनले श्रम दलाललाई भर्तीको जिम्मेबारी दिन ढिला गर्नु नहुने जिकिर गरे पनि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशको मिलिट्री र प्रहरीजस्तो हतियारधारी फौजमा काम गर्न आफ्नो देशका युवा पठाउने विषय संवेदनशील हुने भन्दै हतारिएर व्यापारीलाई अनुमति दिने कुरामा निर्णय गर्नु नहुने अडान लिएका थिए।
डिसी नेपालसँग कुरा गर्दै राजदूत वाग्ले भन्छन्, ‘सैनिक कानुन अनुसार जनशक्ति लैजानुपर्ने भएकाले दुई सरकारबीच सम्झौता गरौं भन्ने हाम्रो कुरा हो।
तर कतारले भने बी टू बी (व्यापारीमार्फत) अन्तर्गत नै नेपाली युवा लैजान चाहेको छ।’रजदूत वाग्लेले त्यहाँको सरकारसँग यसबारे केही चरण कुरा भइसकेको र नेपालको मनसाय दुई सरकारबीच नै सम्झौता होस् भन्ने रहेको आफूले कतार सरकारलाई जानकारी गराएको पनि डिसी नेपाललाई बताए। जी टू जीमा अलमल किन?हतियारधारी फौजमा विदेशमा नेपाली पठाउने कि नपठाउने भन्ने कुरा राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय हो।
हाल भारत, बेलायत, सिंगापुरलगायतका देशहरुमा गोर्खा फौजका नामले नेपालीहरु भर्ती हुने गरेका छन्।परम्परागत कुनै सन्धिको त्यान्द्रो समातेर विदेशी फौजमा युवाहरुको भर्तीलाई नेपाल सरकारले रोक्न सकेको छैन। कतारसँग कुनै पुरानो सन्धिले फौज भर्ती गर्न अनुमति दिनुपर्ने आवश्यकता छैन। तर, श्रम दलालहरुका माध्यमबाट यसअघि पनि केही युवाहरुलाई कतारी प्रहरीमा भर्ती गरिसकिएको अवस्था छ।

