गुनासो चौतारी काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताएका छन् ।
बुधबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले पुष ५ गते संसद बिघटन गरेर प्रधानमन्त्रीले गम्भिर गल्ती गरेको प्रमाणित भइसकेकाले प्रधानमन्त्रीलाई कारवाही गर्ने सम्बन्धी अधिकार संविधानमा व्यवस्था भएको बताए ।
उनले सर्वोच्चको फैसलाले एउटा नजिर स्थापना गरेको भन्दैअब भविश्यमा कुनै पनि प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने तर्क गरे । कसैको चाहनामा संसदलाई मार्न नसक्ने सर्वोच्चको फैसलामा उल्लेख गरेको उनको भनाई छ ।
उनले आफैले बिघटन गरेको संसद पुनरस्थापना भएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने जिकिर गरे ।
थापाले राष्ट्रपतिले समेत संविधानको मान राख्न नसकेको धारण राखे । त्यस्तै, उनले प्रधानमन्त्रीले आफ्नो पद लम्वाउनका लागि नै संसद बिघटन गरेको बताए । उनले सर्वोच्चको फैसलाले संविधानवादको रक्षा गरेको धारणा पनि राखे ।
त्यस्तै उनले संवैधानिक आयोगहरुमा भएका नियुक्तिहरु स्वतः खारेज हुने कुरा पनि बताउनु भयो ।

