सबैलाई पठाउनु होला

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय गरेको हो ।

‘संसदीय दलको नेता, उपनेता, सचेतकलाई हटाउने निर्णय भएको छ’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने । बैठक पेरिसडाँडामा जारी छ । बैठकमा नेताहरुले धारणा राख्नेक्रम चलिरहेको छ ।

नेकपा संसदीय दलको नेता प्रधनमन्त्री ओली हुन् भने उपनेता सुवासचन्द्र नेम्वाङ हुन् । फागुन १४ मा प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

केन्द्रीय समिति बैठकले ओली समूहका केही नेतालाई बुधबार निलम्बनको निर्णयसमेत गरेको छ । विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह, महेश बस्नेत र कर्णबहादुर थापालाई निलम्बनको निर्णय गरेको हो। यो समूहले यि नेतामाथि पार्टी विपरीत काम गरेको आरोप लगाएको छ ।

पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।  फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपा विवाद थप चचर्किदै गएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com