सबैलाई पठाउनु होला

काठमाडौं । प्रतिबन्ध फुकुवा भएसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव नवलपरासीबाट काठमाडौ आउने क्रममा छन् । उनी शुक्रबार बिहानै नवलपरासीबाट सडकमार्ग हुदै काठमाडौ आउने क्रममा छन् । नवलपरासीबाट काठमाडौँ आएर उनी सोझै बालुवाटार जानेछन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुनेछन् । ‘उहाँ अहिले काठमाडौँ आउदै हुनुहुन्छ । काठमाडौ आएपछि सोझै बालुवाटार आउनुहुन्छ । केहीबेर प्रधानमन्त्रीसँग छलफल गरेर राष्ट्रिय सभा गृह जानुहुनेछ’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार र सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका राजन भट्टराईले रातोपाटीसँग भने, ‘केही विषयमा छलफल र कुराकानी गर्नुपर्ने भएकाले पहिला बालुवाटारमा भेटवार्ता राखिएको हो ।’

सरकारसँगको वार्तामा सहमति जुटेपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन लागेको हो । शुक्रबारै राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । त्यसअघि बालुवाटारमा प्रधानमन्त्रीसँग विप्लवले राजनीतिक विषयमा छलफल गर्ने बुझिएको छ ।

तत्कालीन विद्रोही माओवादीका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई पनि यसअघि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सोझै बालुवाटार अवतरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com