सबैलाई पठाउनु होला

#गुनासो चौतारी # सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने आदेश दिइएको हो।

आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहिबार पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।

नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान र नजिरविपरीत भएको भन्दै प्रचण्डले पुनरावलोकन हुनु पर्ने जिकिर गरेका हुन्।

नेकपा फुटाएर एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा आठ प्रश्न उठाउँदै प्रचण्डले पुनरावलोकनको माग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com