सबैलाई पठाउनु होला

गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित गोरखकाली फ्यूल सेण्टर बिहीबार बिहान अविरल वर्षापछि खसेको पहिरोले क्षतिग्रस्त भएको छ। रातिदेखि खस्न थालेको पहिरोले बिहान करिब ६:३० बजे पेट्रोलपम्पको रिटेनिङ वाल, दुईवटा पेट्रोल डिस्पेन्सर, छानाको संरचना, स्टाफ हाउस, जेनेरेटर हाउस र जेनेरेटरमा क्षति पुर्‍याएको सञ्चालक भोला मरहट्टाले जानकारी दिए।

बाहिर पार्किङमा रहेका पाँचवटा स्कुटर तथा मोटरसाइकल पनि पहिरोले पुरेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा पुरिएका सवारीसाधन निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com