सबैलाई पठाउनु होला

कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चरेस तथा अफिमजस्तो देखिने कालो गिलो पदार्थसहित पाँच महिलालाई नियन्त्रणमा लिएको छ। गस्तीमा खटिएको प्रहरी टोलीले कृष्णनगरस्थित पुरानो बसपार्क क्षेत्रमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार रतिमा रोकाको कम्मरमा कपडाले बेरेर राखिएको अवस्थामा ५ किलो २२५ ग्राम शुद्ध तौलको चरेसजस्तो देखिने गिलो पदार्थ फेला परेको छ। त्यस्तै, फनिसरा सारू र नन्सरी घर्तीमगरको साथबाट अफिमजस्तो देखिने गिलो पदार्थ ५/५ किलो शुद्ध तौल बरामद भएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका विमला पुन र चुमा लामिछानेको साथबाट भने कुनै पदार्थ फेला नपरेको बताइएको छ। उनीहरूलाई पनि अन्य आरोपितसँगै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद पदार्थको वास्तविक प्रकृति कानुनी परीक्षणपछि मात्रै पुष्टि हुने जनाएको छ। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com