सबैलाई पठाउनु होला

नवलपरासी : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दामात्रै एक तिहाइभन्दा बढी रहेका छन्। जिल्लामा गत महिना दर्ता भएका १५६ मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ।

अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालका अनुसार फागुनमा मात्रै सम्बन्धविच्छेदका ५६ मुद्दा दर्ता भएका छन्। फागुनमा दर्ता भएका मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा एक तिहाइभन्दा बढी अर्थात् करिब ३६ प्रतिशत हुन आउँछ। सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जानुमा वैदेशिक रोजगार र सामाजिक सञ्जाल मुख्य कारकका रुपमा देखिएको पौड्यालले बताए।

फागुनमा सम्बन्धविच्छेदका ५६, अंश-अंशचलन-अंशनामसारी-अंशबन्डाका २७, लिखत बदरका २४, जालसाजीका १०, मानाचामलका आठ, डाँका चोरीका छ, चेक अनादरका चार, लेनदेनका दुई, सवारी ज्यानका दुई, लागूऔषधका दुई, ज्यान मार्ने उद्योगका दुई, आपराधिक उपद्रोजन्यका दुई, चलन चलाइका दुई, जबर्जस्ती करणीका एक, सवारी अङ्गभङ्गका एक, लिखत गाली बेइज्जतीका एक, निषेधाज्ञाका एक, वन अतिक्रमण-वन पैदावारका एक, लुटपिटका एक, मिलापत्रका एक, कर्तव्य ज्यानका एक र फैसला बदरका एक गरी जम्मा १५६ मुद्दा दर्ता भएका पौड्यालले बताए।

जिल्ला अदालतमा हाल एक वर्ष नाघेका २६१ मुद्दा छन्। अठार महिना नाघेका मुद्दाको सङ्ख्या ११३, दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या १६६ रहेको छ। अदालतबाट दर्ता भएका मुद्दा चाँडो फैसला गर्ने गरी प्रक्रिया सुरु भएको भए पनि विभिन्न कारणले फैसलामा ढिलाइ हुने गरेको पौडेलको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com