सबैलाई पठाउनु होला

काठमाडौं –  साताको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सेञ्च (नेप्स) का अनुसार आज नेप्से १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा पुगेको छ ।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३२ अंकले घटेर ४५०.२४ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ ।

आज कुल २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कम्पनीको सेयर खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । आज सबैभन्दा बढी विकास बैंकको १.७७ प्रतिशतले सेयरमूल्य बढेको छ । अन्य उपसमूहममा उत्पादनको १.३४ र सामूहिक लगानी कोषको ०.१९ प्रतिशतले बढेको छ ।

बैंकिङ ०.१४, व्यापार १.४७, होटल तथा पर्यटन ०.८४, वित्त १.६९, जलविद्युत् ०.८५, लघुवित्त ०.७९, जीवन बीमा १.२२ र लगानी १.२१ अंकले घटेको छ । त्यस्तै निर्जीवन बीमा ०.३८ र अन्यको सेयर मूल्य १.४६ प्रतिशतले घटेको छ ।

आज जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ९.९९ प्रतिशतले कमाए । त्यस्तै आज गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए  । उक्त कम्पनीले ३.९७ प्रतिशतका दरले गुमाए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com