सबैलाई पठाउनु होला

कार्तिक  १० काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सर्बसाधारण नागरिकलाइ  २० युनिटसम्मको बिजुली निःशुल्क दिने बताएकी छन्। मंगलबार काठमाडौँमा एक  सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने बताएकी हुन्। उनसे डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल समेत लागू हुने बताइन्।

यसै  कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने पनि बताइन्। उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधन सहित विद्युतीय सामानहरु बढाउने रहेको बताइन्। मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पारिन्।

विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उनले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौँ उपत्यकका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com