सबैलाई पठाउनु होला

म्याग्दीमा लगाइएको मकै बालीमा उम्रिनेबित्तिकै फौजी कीराले नोक्सानी गरेपछि यहाँका किसान समस्यामा छन् ।

कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ । मकैबाली हुर्कंदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पुरायएको गुनासो आएको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । स्थानीय तहका कृषि प्राविधिकका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भए पनि समयमै यसको रोकथाम गर्न नसकिँदा मकै बालीमा ठूलो क्षति पुगेको छ ।

मङ्गला गाउँपालिकाका कृषि शाखाका प्राविधिक जगत बानियाँले फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिनुभयो । किसानले विषादीसमेत प्रयोग गरिरहे पनि नियन्त्रणमा आउन नसकेको उहाँले जानकारी दिनुभयो । उन्नत जातको मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञानकेन्द्रका अनुसार फौजी कीरा नियन्त्रण गर्न विषादी छर्नुबाहेक अरू कुनै विकल्प छैन । फौजी कीराका कारण म्याग्दीको बेनी नगरपालिका तथा मालिका, मङ्गला, रघुगङ्गा र धौलागिरि गाउँपालिकाका किसानले लगाएको मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com